अतिथि देवो भव

Wednesday, September 21, 2011

company chairmen message



बिक्रम संवत २०५५ साल फाल्गुन  १२ गते देखि अनबरतरुपमा मनकामना दर्शन सेवाबाट आफ्नो पृष्ठ भुमि बनाउदै पुर्वान्चल वासीहरुको धार्मिक यात्रा,विधार्थीहरुका लागि खानपान सहितको सुरक्षित शक्षिक भ्रमण एजुकेशनल प्याकेज टुर   विभिन्न प्रकारका समुहगत,संस्थागतको अध्ययन अवलोकन भ्रमण  लगायतका  भ्रमण गराउनको लागि पर्यायवाची बन्न सफल  हाम्रो  कम्पनी  l  स्वदेशको भ्रमण गरौँ स्वदेशकै मठ मन्दिर गुम्बाको सम्वर्द्दन गरौँ भन्ने मुलनारा लिएर होमिएको यो अभियान  साच्चिकै सफल भएको कुरा हामी गर्वका साथ भन्न सक्ने भएका छौँ. एउटा कुनै उद्देश्यका साथ २ दशक भन्दा माथि  सम्म निरन्तर लागि रहनु सबै हाम्रो सेवा सेवामा सहभागी भई  लावंवित  हुनु हुनेहरुको माया ममता र हामी प्रति झल्किएको बिश्वास र हाम्रो लगन शिलताको प्रतिक हो l नेपालमै पहिलो पटक नेपालीहरुलाई भ्रमण तालिका सेवा सर्त सम्बन्धि अग्रिम व्यवस्था गरेर जनकपुर देवघाट मनकामना गोर्खा र पोखरा  मुक्तिनाथ लुम्बिनी हलेशी स्वर्गद्वारी,पाथिभरा,इलाम लगायत नेपालका प्रशिद्द धार्मिक ऐतिहासिक एवं पर्यटकीय र ओझेल परेका ऐतिहासिक पौराणिक एवं पर्यटकीय गन्तब्यहरुको आफ्नै निजि र सिमित श्रोत साधनबाट प्रचार प्रसार गरि ति गन्तब्यहरुमा प्याकेज टुरहरु  संचालन  गर्दै आइरहेका छौं . आगामी दिनहरुमा थप नयाँ समयानुकुल कार्यक्रमहरु संचालन गर्ने छौं। हामीले भारतीय  पर्यटकहरुका लागि  एक बार नेपाल कि यात्रा करके तो देखो कितना सुन्दर देश है  श्लोगन बनाई उनीहरुका लागि  सबै प्रकारका प्याकेज टुर  र धार्मिक यात्रा संचालन गर्न थालनी गरेका छौं।  सर्व प्रथम त् हामीले नेपालमा अब कुनै प्रकारको  द्वन्द छैन दिल खोलेर भयमुक्त भएर घुम्न आउनुस भनेर हामीले संदेश दिने जमर्को गरेका छौं। 
"हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा हो जीवन मा एक पटक घुम्न आउनुस है "भन्ने नारा सिर्जना गरि संसारका पर्यटकहरुलाई   आमन्त्रण गरेका छौं .   १ नं प्रदेशमा सबैखाले पर्यटनको सम्भावना भएर पनि जन सहभागिताको कमि र सरकारी उदाशिनाता कारण   ऐतिहासिक पौराणिक  पर्यटकीय गन्तब्य तथा प्रकृत्ति प्रदत्त  धरोहरहरु ओझेल पर्दै बिलिन हुदै  गैरहेका छन् .
पूर्वी नेपालको पर्यटन प्रबर्द्दनको लागि हामीले "भ्रमण गरौं पुर्वाञ्चल पुरा गरौं मनको रहर" भन्ने अभियान  बनाई हाम्रै सिमित श्रोत साधनबाट आफ्नै देशको मध्ये तथा सुदुर पश्चिम लगायत भारतीय पर्यटकहरु सम्म पूर्वी नेपालको धार्मिक,ऐतिहाशिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छौं . हामीले यसै बर्ष देखि पश्चिमान्चलको पोखरालाइ केन्द्र बिन्दु बनाएर"भ्रमण गरौँ पुर्वान्चल पुरा गरौँ मनको रहर" नामक श्लोगनका साथ पुर्वान्चलको पर्यटन प्रवर्द्दनको लागि बिभिन्न टुर प्याकेजहरु प्रस्तुत गरि सकेका छौं .

मुलुक  गृह युद्दको चपेटामा पर्दा पनि हामी बिचलित नभईकन एक दिन अवश्य शान्ति हुने छ भन्ने अपेक्षा राख्दै  हामी निरन्तर लागि रहयौँ  .   
हाम्रो प्रतिक्षा मुलुकमा स्थायी राजनैतिक  स्थायी पुर्ण शान्तिको कामना थियो यो पनि लगभग समपन्न भएको छ .
 हामी झनै क्रियाशिल  भएर आफ्नो कार्यमा पूर्ण क्षमताका साथ लागेका छौं . आगामी दिनहरुमा हाम्रो नजिकको नाका जोगबनी र काकडभित्ता नाकाबाट भारतीय तथा बर्मेली र बंगलादेशी पर्यटकहरुलाई पुर्वान्चलबाटै भित्र्याएर पुर्वान्चलमा ओझेलमा परेको हाम्रो पर्यटन क्षेत्रलाई हराभरा बनाई हामी हाम्रा सन्ततिहरुलाई भविष्यमा पर्यटन कर्मी भएर स्वरोजगार भै आफ्नै मुलुकमा नै गरिखाने आधार बनोस भन्ने दृढ संकल्पका साथ हामी अघि बढी रहेका छौं .हाल सम्म नेपाल सरकार द्वारा गठित बिभीन्न पर्यटन समिति तथा नेपाल पर्यटन बोर्ड समेतले हामीलाई उपेक्षा गरेको अवस्था छ . तर पनि हामी किञ्चित बिचलित छैनौ .हामीले नेपाल सरकारको मुख ताकेका छैनौ 

श्री कृष्ण मनकामना तीर्थयात्री सेवा बाट श्री कृष्ण मनकामना तीर्थयात्रा प्रा लि मा परिणत भएका छौँ .   बिगत २४ वर्ष देखी आन्तरीक पर्यटन गन्तब्यहरुको प्रचार प्रसार र ती गन्तब्यहरुमा टुर तीर्थयात्राका कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।यो २४ वर्षमा हामी नेपाल भारत अनि सात समुद्र पारी बसोबास गर्ने नेपाली माझसम्म प्रिय भएका छौँ अनि मानव जीवनका लागि आवश्यक पर्ने वस्तुहरु मध्य हामी पनि परेका छौं . अयो अवधिमा हामीले लगभग 100,000 जनालाई हाम्रो सेवा दिन सकेका छौँ . नेपालमा अन्तरिक पर्यटन प्रवर्द्दन र आन्तरिक पर्यटन प्रवर्द्दनमा हाम्रो सिमित श्रोत साधनको प्रचुर मात्रमा लगानी भएको छ र यो लगानीको प्रतिफल मुलुक र तत संग सम्बन्धि बर्गहरु लाभान्वित भईरहेका छन . अब हामी भ्रमण  गरौँ पुर्वान्चल पुरा गरौँ मनको रहर शिर्षक अभियानका साथ सुदुर पश्चिमान्चल सम्म  पुर्वका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्न थालेका छौं

 

.हाल हामी ले संचालन गरेका सेवाहरु

 

श्री अन्तु सुर्योदय प्याकेज टुर ,श्री अन्तु माई पोखरी  ईलाम  प्याकेज टुर ,रामधुनी बराह क्षेत्र प्रा.हरिद्वार , दर्शन यात्रा  / भेडेटार प्याकेज टुर . धरान , भेडेटार नाम्जे राजारानी ताल प्याकेज टुर . हिले   बसन्तपुर  मिल्के तीनजुरे  प्याकेज टुर . हाम्रो आफ्नै प्रदेशका हिमाली तथा पहाडी गन्तब्यहरु सोलु, ओखलढुंगा ,हलेंसी महादेव, दिक्तेल मझुवा देउराली,भोजपुरको शिद्धकाली मन्दिर,संखुवासभा तुम्लिङ्गटारको पौराणीक मनकामना मन्दिर,चैनपुरको प्रशिद्ध शिद्धकाली मन्दिर, मिल्के तिनजुरे सम्मको भ्रमण गराउन शुरु गरेका छौं . पाथिभरा देवी दर्शन यात्रा ताप्लेजुंग टुर . मुक्तिनाथ दर्शन यात्रा   पोखरा मुस्तांग  टुर, रारा ताल प्याकेज टुर.मुक्तिनाथ स्वर्गद्वारी दर्शन यात्रा पोखरा लुम्बिनी प्याकेज टुर . लगायत धेरै गन्तब्य हरु छन् . । त्यसै गरी हामीले सडक सञ्जालले छोएका पाल्पाको रानी महल, रिढी, तम्घास रेसुङ्गा, नव निर्मीत मार्ग सन्धि खर्क हुँदै सुपा देउराली मन्दिर दर्शन गराउँदै सन्धि खर्क प्युठान खलंगा मार्गको चुजाठाँटी हुँदै खलंगा र बिजुवारको भ्रमण गराउँदै प्रख्यात स्वर्गद्धारी धाम दर्शन गराउने कार्यक्रमहरुको शुभारम्भ गरेका छौं ।
हामी हाम्रा शुभचिन्तक सहयोगी हातहरु  प्रति हार्दिक सम्मान एवं नमन गर्दछौ . आगामी दिनहरुमा हजुरहरुको आत्मियता र सहयोगको अपेक्षा गरिने रहने छौं .
कम्पनी अध्यक्ष  – श्री कृष्ण बहादुर खड्का




अब हामी भ्रम गरौँ पुर्वान्चल पुरा गरौँ मनको रहर शिर्षक अभियानका साथ गण्डकी  प्रदेशको राजधानी पोखराबाट आन्तरीक पर्यटन प्रवर्द्दन   प्रचार प्रसार सहित बिभिन्न टूर प्याकेजहरु संचालन  गर्न थालनी गरेका छौं .







Add caption